Logo

कोरोना परीक्षणका लागि नमूना लिन गएको नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटना

कोरोना परीक्षणका लागि नमूना लिन गएको नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटना



नेपालगञ्ज । नेपालगञ्जमा कोभिड १९ (कोरोना भाईरस) को लक्षण देखिए पछि स्याम्पल टेस्ट गर्नका लागि खकार लिन गएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनाग्रत भएको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा नाइन एन एकेयु विमान अवतरणका क्रममा चिप्लिएको हो ।

कोरोना भाइरसको संक्रमण भएको आशंकामा नमूना लिन गएको विमान दुर्घटनामा परेको निगमका प्रवक्ता अर्चना खडकाले जानकारी दिएकी छिन । दुर्घटनाबाट कसैलाई केही नभएको र चालक दलका तीन र दुई जना चिकित्सक सकुसल भएको निगमले जानकारी दिएको छ । विमानमा औषधिसमेत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL