Logo

चीनले नेपाललाई पठायो कोरोना रोकथाम स्वास्थ्य उपकरण, नेपाली ध्वजाबाहक जहाजले भोली नेपाल ल्याउने

चीनले नेपाललाई पठायो कोरोना रोकथाम स्वास्थ्य उपकरण, नेपाली ध्वजाबाहक जहाजले भोली नेपाल ल्याउने



काठमाडौं । नेपाली ध्वजाबहाक नेपाल वायुसेवा निगमको जहाजले चीनको ग्वाङ्झाओबाट स्वास्थ्य उपकरणहरु ल्याउने भएको छ । उक्त सामग्री लिन भोली शनिबार नेपाल वायु सेवा निगमको ए–३३० वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको हो ।

यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायुसेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो । जहाजले कोरोना भाइरस परीक्षण गर्ने किट र पीपीईलगायतका औषधिजन्य सामाग्रीहरु ल्याउने बताइएको छ ।

स्रोतका अनुसार यी सामाग्रीहरु चीन सरकारले सहयोग गर्न लागेको हो वा नेपाल सरकार आफैले खरिद गर्न लागेको हो भन्ने कुरा भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL