Logo

सामाजिक संजालमा विरोधपछि हवाई भाडा नबढाएको विमान कम्पनीहरुको स्पष्टीकरण, सोमबारदेखि भाडा घटाउने तयारी

सामाजिक संजालमा विरोधपछि हवाई भाडा नबढाएको विमान कम्पनीहरुको स्पष्टीकरण, सोमबारदेखि भाडा घटाउने तयारी



काठमाडौं । केही दिन अघिसम्म काठमाडौं–पोखराको हवाई टिकट २ हजारदेखि ३ हजार रुपैयाँमा बिक्री गर्दै आएका आन्तरिक वायुसेवा कम्पनीहरुले अहिले सरकारले तोकेको भन्दा कम मूल्यमा बिक्री गरेको बताउँदैं ३ हजार ७ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म लिइरहेका छन् ।

अहिले आन्तरिक वायुसेवाहरुले उडान गर्ने प्रायः सबै गन्तब्यमा पोखरा उडानमा जस्तै भाडा वृद्धि भएको छ । कोरोना भाइरसको त्रासबीच सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णयसँगै विशेष गरि काठमाडौं छाडेर बाहिरिने यात्रुको अहिले बिमानस्थलदेखि बसपार्कसम्म भीड छ ।

यस्तोमा यात्रु अभावमा निकै न्यून मूल्यमा टिकट विक्रि गरिरहेका बिमान कम्पनीहरुले अहिले भने सरकारद्धारा निर्धारित भन्दै लगभग डबल मूल्यमा टिकट विक्रि गरिरहेका छन् । जसको पछिल्लो समय सामाजिक संजालमा चर्को विरोध भएको छ । सामाजिक सञ्जालमा चर्को विरोधपछि बिमान कम्पनीहरुले हवाई भाडा बढाए नबढाएको स्पष्टीकरण दिएका छन् ।

विमान कम्पनीहरुले भने सरकारले तोकेकोभन्दा कम मूल्यमा आफ्नो जहाजको टिकट बिक्री गरेको बताएपनि यात्रु चापका कारण न्यून मूल्यमा विक्रि गरिरहेका टिकटको भाडा बढाएर बेचिरहेका छन् । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले वायुसेवा संचालकहरुसँगको छलफलमा विपदको बेला हवाई भाडा घटाउन निर्देशन दिएका थिए ।

सरकारले भने हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर आन्तरीक ट्रंक रुटमा लिदै आएको अधिकतम सीमाका २ वटा स्ल्यावका हवाई भाडा हटाई सोभन्दा कमको भाडा दरलाई अधिकतम सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडादरलाई समेत यथावत कायम गर्न निर्देशन दिएको छ ।

सरकारले हवाई ईन्धनको मूल्य घटाएपछि शुक्रबारदेखिनै आन्तरिक हवाई भाडादर घट्ने बताएपनि विमान कम्पनीहरुले भने यात्रु चाप देखाएर भाडा घटाएका छैनन् । तर, वायुसेवा संचालकहरुले भने सरकारले तोकेको मूल्यभन्दा कम मूल्यमानै टिकट बिक्री गरिरहेको बताउँछन ।

श्रीएयरलाईन्सका प्रवक्ता अनिल मानन्धरले भने, ‘जसरी बजारमा हवाई भाडा बढेको भन्ने हल्ला आईरहेको छ, त्यो सब अफवाह हो । यस्तो विषम परिस्थितिमा हामीले बुझनु पर्छ, । तर, के हो भने बजार जहिले पनि डिमान्ड एण्ड सप्लाईमा भर पर्छ ।’ जसले एक हप्ता अगाडी टिकट खरिद गरेको छ उस्ले सस्तोमा पाउँछन अनि जो आजको भोलि टिकट लिन्छ उ महंगोमा पर्छ । यो अन्तरराष्ट्रिय प्राक्टिस नै हो ।’

त्यस्तै नेपाल वायुसेवा निगमले भने सरकारी नियमानुसारनै हवाई भाडा लिएको जानकारी दिएको छ । निगमले भने निजी क्षेत्रले बढाएको हुनसक्ने तर, आफुहरुले भने अहिलेसम्म कुनै पनि गन्तब्यको हवाई भाडा नबढाएको निगमका सहप्रवक्ता जीबन भट्टराईले जानकारी दिए ।

त्यस्तै आन्तरिक उडानमा एकछत्र राज गरेका बुद्ध एयरले पनि सरकारले तोकेकोभन्दा बढी भाडा नलिएको दाबी गरेको छ । कम्पनीका प्रवक्ता रुपेश जोशीले सरकारले तोकेको भन्दा बढी भाडा लिन नपाइने र त्यो भन्दा बढी नलिएको बताए ।

तर सामाजिक संजालमा भने चौतर्फीरुपमा हवाई भाडा भढाएको भन्दै विरोध भईरहेको छ नि भन्ने प्रश्नमा उनले यो सबै डिमान्ड एण्ड सप्लाईमा भरपर्ने बताए । तर अहिलेसम्म कुनै पनि गन्तब्यको हवाई भाडा नबढाएको र अहिलेको जुन भाडादर कायम छ, सोमबारदेखि भने त्यो भन्दा पनि कम मूल्यमा उडान हुने उनले जानकारी दिए । शनिबार पर्यटन मन्त्रीले हवाई भाडा घटाउन दिएको निर्देशनको पालना गर्ने गरि एयरलाईन्स कम्पनीहरुले सोमबारदेखि भने हवाई भाडा घटाउने तयारी भईरहेको जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL