Logo

उपत्यकाका होटल क्वारेन्टाईन बनाउन दिने ब्यवसायीहरुको घोषणा, आवश्यक परे देशभरीकै होटल उपलब्ध गराउने

उपत्यकाका होटल क्वारेन्टाईन बनाउन दिने ब्यवसायीहरुको घोषणा, आवश्यक परे देशभरीकै होटल उपलब्ध गराउने



काठमाडौं । होटल ब्यवसायीहरुले काठमाडौंमा रहेका साना तथा मझौला होटल क्वारेन्टाइन बनाउन दिने भएको छ ।

विश्वब्यापीरुपमा फैलिँदै गएको कोरोना भाईरस नियन्त्रणका लागि आवश्यक परे उपत्यकामा रहेका होटलहरु क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको महासंघका अध्यक्ष हिराध्वज शाहले जानकारी दिएका छन ।

साथै उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको महासंघका अध्यक्ष शाहले बताए । उनले भने, ‘सरकारले स्वास्थ्यकर्मी र सुरक्षाको विशेष प्रवन्ध मिलाए हामी निःशुल्क आफ्ना होटलहरु क्वारेन्टाइन बनाउन दिन तयार छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL