Logo

थाई र एयर ईण्डियामार्फत ६१ जना विदशी नेपाल भित्रिए, प्राधिकरणले पठायो क्वारेन्टाईनमा

थाई र एयर ईण्डियामार्फत ६१ जना विदशी नेपाल भित्रिए, प्राधिकरणले पठायो क्वारेन्टाईनमा



काठमाडौं । सरकारले घोषणा गरेको प्रतिवन्धको उल्लंघन गर्दै ६१ जना विदेशी नेपाल आएका छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महनिर्देशक राजन पोखरलले ति ६१ जना विदेशी बिभिन्न देशबाट ट्रान्जिट हुँदै नेपाल आए पछि तत्काल भक्तपुर स्थित खरिपाटि क्वारेन्टाईनमा पठाएको छ ।

उनका अनुसार ति विदेशी नागरिकहरु साउदी अरेबियाबाट १४ जना र अन्य मुलुकबाट आएको ४८ जना रहेका छन । ति विदेशी पर्यटकहरु थाइ एयरवेज र एयर इण्डियामार्फत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन । विमानस्थलले यसअघि यसरी आउने विदेशी नागरिकहरुलाई फर्काउने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL