Logo

विमानस्थलहरुको सरसफाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार हुनेछ : मन्त्री भट्टराई

विमानस्थलहरुको सरसफाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार हुनेछ : मन्त्री भट्टराई



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तरराष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सरसफाई गर्ने बताएका छन ।

laxmi

साथै उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा तिव्र सुधार गरिने बताएका छन । उनले बिमानस्थलहरुमा सफाई मजदुरहरुलाई आवश्यक तालिम र आधुनिक सामग्रीहरुको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याउने बताएका हुन ।

शुक्रबार मन्त्रालयमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाई अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अन्तरराष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सफाई लागि सरकारले काम गर्ने बताएका हुन ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ता एंव सफाई विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलहरुको सरसफाई अवस्थाको बेग्ला–बेग्लै ‘अडिट’ बुझाएका थिए । धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (आन्तरिक र बाह्य) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।

‘अडिट’ मा हाल विमानस्थलहरुका सरसफाईको अवस्था, समस्या, कानुनी समस्या र आगमी दिनमा गर्नुपर्ने कामहरुको सूची र सुझाव समावेश छ । शर्माले अन्तरराष्ट्रिय मापदण्ड अनुसार सरसफाई गर्नुपर्ने सफाईका स्पष्ट कानुनी व्यवस्था गर्नु पर्ने, सरसफाई मजदुरलाई तालिमको व्यबस्था गर्नुपर्ने, सफाई मजदुरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्नेलगायतका सुझाव दिएका छन ।

मन्त्री भट्टराईले सुझावहरु महत्वपूर्ण भएको भन्दै ती सुझावका आधारमा विमानस्थलहरुको सरसफाई सुरु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएका छन । उनले सबै सुझावहरु सम्बन्धित विमानस्थलहरुमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिएको हो ।

सुझावहरु तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्था बारेमा रिपोर्ट तयार पार्न समेत निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL