Logo

निगमको भारत उडान एक हप्ताको लागि पूर्ण रुपमा बन्द, चैत १६ गतेदेखि मात्रै उडान गर्ने

निगमको भारत उडान एक हप्ताको लागि पूर्ण रुपमा बन्द, चैत १६ गतेदेखि मात्रै उडान गर्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु आईतबारदेखि स्थगित गर्ने भएको छ ।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडानहरु चैत १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

भारतका लागि दैनिक दुई उडान गर्दै आएको निगमले केही दिन अघिमात्रै एक उडान कटौति गरेको थियो तर अब भने निगमको सम्पूर्ण उडान स्थगित हुने भएको छ । चैत ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL