Logo

भ्रमणका सबै कार्यक्रम स्थगित गर्न सरकारको निर्देशन, नेपाल आएका पर्यटक अनिवार्य १४ दिन आईसोलेशनमा

भ्रमणका सबै कार्यक्रम स्थगित गर्न सरकारको निर्देशन, नेपाल आएका पर्यटक अनिवार्य १४ दिन आईसोलेशनमा



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ट्राभल तथा ट्रेकिङ एजेन्सीजहरुलाई पदयात्रा तथा टुरका सम्पूर्ण कार्य स्थगित गराउन निर्देशन दिएको छ

कोभिड १९ (कोरोना भाईरस) का कारण सरकारले शुक्रबार मध्यान्ह देखिनै लागू हुने गरि पदयात्रा तथा भ्रमणमा आएका ब्यक्तिगत तथा सामुहिक पर्यटकहरुलाई पदयात्रा नगराउन मन्त्रालयले निर्देशन दिएको हो ।

साथै पदयात्राको ब्यवस्थापन गर्ने सम्पूर्ण ट्राभल तथा ट्रेकिङ एजेन्सीजहरुलाई आआफ्नो पर्यटकहरुलाई सुरक्षित स्थानमा फर्काउने ब्यवस्था गर्न समेत मन्त्रालयले पर्यटन ब्यवसायीहरुलाई आग्रह गरेको छ ।

साथै कुनै पनि पर्यटक नेपाल आए पछि अनिवार्य रुपमा १४ दिनसम्म सेल्फआईसोलेशनमा बस्ने ब्यवस्था मिलाउन समेत मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL