Logo

मलेसिया, भारत र कतार पछि नारिता र दुबईको उडान स्थगित गर्दै निगम, आन्तरिक उडानको टिकट फिर्तामा शुल्क नलाग्ने

मलेसिया, भारत र कतार पछि नारिता र दुबईको उडान स्थगित गर्दै निगम, आन्तरिक उडानको टिकट फिर्तामा शुल्क नलाग्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान चैत ७ गतेदेखि स्थगित गरेको छ ।

laxmi

उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्मका लागि स्थगित गरेको निगमले जानकारी दिएको छ ।

चैत ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने निगमले जानकारी दिएको छ । साथै अतिरिक्त नियमित उडान चालुरहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिन अघि उडान रद्द गर्न चाहेमा समेत भुक्तानी गरेको पुरै रकम उपलब्ध गराउने भएको छ ।

यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत निगमले जानकारी दिएको छ । निगमले यस अघि मलेसिया, भारत, कतारलगायतका क्षेत्रको उडान स्थगित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL