Logo

कोरोना प्रभाव : मनकामना केबुलकार २३ दिन बन्द हुने

कोरोना प्रभाव : मनकामना केबुलकार २३ दिन बन्द हुने



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) विश्वब्यापी रुपमा फैंलदै गए पछि मनकामना केबलकार २३ दिनको लागि बन्द हुने भएको छ । कम्पनीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ८ गतेदेखि ३० गतेसम्म २३ दिनका लागि केबलकार बन्द गर्ने भएको हो ।

कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले एक सूचना निकाल्दै चैत ८ गतेदेखि ३० गतेसम्मका लागि केबलकार बन्द गर्ने निर्णय भएको जानकारी दिएका हुन । कम्पनीले सामाजिक उत्तरदायित्व महसुस गर्दै धेरै पहिलादेखि नै कोरोना भाइरसको प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै केबुलकार सञ्चाल गर्दै आएका थियौं कम्पनीले जारी गरेको सुचनामा भनिएको छ ।

हालको परिप्रेक्षमा संक्रमण फैलिन नदिन थप सहयोग पुगोस् भन्ने हेतुले केबुलकार सेवा यही चैत ८ देखि ३० गतेसम्मका लागि केबुलकार सेवा स्थगित गरिएको कम्पनीले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL