Logo

नेपाल वायुसेवा निगमको क्वालालम्पुर उडान स्थगित, टिकट लिएकाको सबै रकम फिर्ता गरिने

नेपाल वायुसेवा निगमको क्वालालम्पुर उडान स्थगित, टिकट लिएकाको सबै रकम फिर्ता गरिने



काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालमपुर उडान स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गरिएको निगमले जानकारी दिएको छ ।

laxmi

२०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने समेत निगमले जानकारी दिएको छ । २०२० मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL