Logo

सातै प्रदेशका पर्यटन मन्त्री तथा सचिवहरुबीच छलफल

सातै प्रदेशका पर्यटन मन्त्री तथा सचिवहरुबीच छलफल



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटन सम्बद्ध सातैवटा प्रदेशका मन्त्री तथा सचिवहरुसँग छलफल गरेका छन ।

laxmi

छलफलमा मन्त्री भट्टराईले मन्त्रालय अन्तरगतका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन । उनले आईतबार आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका बिषयमा छलफल गर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तिनै सरकारबीच समन्वय, सहकार्य र समझदारी हुनु पर्नेमा जोड दिएका हुन ।

नीति कार्यक्रम तथा बजेट छनोट गर्दा सबै तहका सरकारसँग समन्वय गर्ने बताएका छन । योजना छनोट तथा लगानीमा समेत सबै तहसँग समन्वय र सहकार्य गरिने बताए । उनले भने, ‘सयुक्त लगानी र प्रतिफलका लागि सबै तहबीच समन्वय, सहकार्य र समझदारी गरेर जानुपर्छ ।’

‘समृद्ध नेपाल सुखी नेपाली’ को वर्तमान सरकारको लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रको विकास अनिवार्य रहेको भन्दै प्रदेश सरकारसँग सहकार्यमा सवै प्रदेशमा कम्तिमा एक एक वटा रणनीतिक आयोजनाहरु तय गरिने मन्त्री भट्टराईको भनाई छ । मन्त्री भट्टराईले प्रदेश सरकारले आन्तरिक पर्यटन प्रबद्र्धन, स्थानीय सरकारले स्थानीय पर्यटन प्रबद्र्धन र संघीय सरकारले अन्तरराष्ट्रिय पर्यटन प्रबद्र्धनमा गर्ने गरी योजना तयार गर्नुपर्नेमा जोड दिएका छन ।

छलफलमा सहभागी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रीहरुले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय अभाव भइरहेको बेला समन्वय गोष्ठी आयोजना गरेर मन्त्री भट्टराईले राम्रो अभियानको सुरुवात गरेको बताए । प्रदेश मन्त्रीहरुले बजेटलाई छरपष्ट गर्नुभन्दा तीनै सरकारबीच समन्वय गरेर दिर्घकालिन महत्वको रणनीतिक पर्यटकिय योजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए । पर्यटन बिकासको लागि पर्यटन भौतिक पूर्वाधार पहिलो शर्त रहेको भन्दै मन्त्रीहरुले भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL