Logo

हिमालय एयरको दमाम उडान स्थगित, एक पटक निशूल्क मिति परिवर्तन गर्न पाइने

हिमालय एयरको दमाम उडान स्थगित, एक पटक निशूल्क मिति परिवर्तन गर्न पाइने



काठमाडौं । हिमालय एयरलाईन्सले काठमाडौं दमाम उडान स्थगित गरेको छ । साउदी अरेबियाको आन्तरिक मन्त्रालयले जारी गरेको सुचना अनुसार मार्च १५ देखि २९ सम्मका लागि उडान स्थगित गरेको कम्पनीले जानकारी दिएको छ ।

कोरोना भाईरसका कारण साउदीअरेबियाले उडान स्थगित गर्ने निर्णय गरे पछि कम्पनीले आफ्नो उडान स्थगित गरेको जानकारी दिएको हो । उक्त समयमा उडान गर्ने गरि टिकट खरिद गरेका यात्रुहरुलाई अतिरिक्त शुल्क बिनाको मिति परिवर्तन गर्न आफ्नो ट्राभल एजेन्टहरुसँग सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

साउदी अरेबियाले २ हप्ताको लागि मात्रै अस्थाई उडान स्थगित गरेकाले एक पटकको लागि निशुल्क मिति परिवर्तन गर्न कम्पनीले यात्रुहरुलाई समय दिएको हो । यस अघि कम्पनीले चीन र कतारको लागि समेत उडान स्थगित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL