Logo

दिल्ली उडान कटौती गर्दै निगम, हिमालयले भने तत्काल उडान स्थगित नगर्ने

दिल्ली उडान कटौती गर्दै निगम, हिमालयले भने तत्काल उडान स्थगित नगर्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको दिल्लीलगायतका केही उडान कटौति गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण निगमले दिल्लीलगायतका अन्य केही गन्तब्यको उडान कटौती गर्न लागेको हो ।

निगमका प्रवक्ता अर्चना खडकाले आजै पत्रकार सम्मेलन गरि बिभिन्न गन्तब्यको उडान स्थगित गर्ने जानकारी दिएकी छिन । यस अघि निगमले कतारको लागि उडान स्थगित गरिसकेको छ । निगमले हाल दिल्लीको लागि दुई उडान गर्दै आएकोमा अब भने दैनिक एक उडानमात्रै गर्ने छ । तर हिमालय एयरलाईन्सले भने जवसम्म सरकारले उडान रोक्नु भन्दैन तब सम्म कुनै पनि उडान नरोक्ने बताएका छन ।

हिमालय एयरलाईन्सले यस अघि चीन र कतारको लागि भने उडान कटौति गरिसकेको छ । अन्य साउदी तथा बंगलादेशमा भने नियमित उडान गरिरहको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार साउदी अरेबियाको लागि आउने जाने टिकट समेत अभाब भएको छ । यसतो अवस्थामा हामी उडान कटौति गर्न सक्दैनौं तर सरकारले भनेको खण्डमा भने हामी उडान स्थगित गछौं कम्पनीका प्रवक्ता तथा उपाध्यक्ष विजय श्रेष्ठले भने ।

त्यस्तै पर्यटन क्षेत्रमा परेको असरका कारण आजै देखि आधाभन्दा कम हेलिकोप्टर भने नउड्ने भएका छन । पर्यटकको संख्या घटेसगै यात्रु नपाउने समस्याले शुक्रबारबाट ५० प्रतिशत हेलिकप्टर ग्राउन्डेड गर्ने निर्णय भएको वायुसेवा संचालक संघले जानकारी दिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL