Logo

एक्सेलट्रिपद्वारा नेपालका होटलमा अनलाईन बुकिङको महत्व बारे छलफल

एक्सेलट्रिपद्वारा नेपालका होटलमा अनलाईन बुकिङको महत्व बारे छलफल



काठमाडौं । एक्सेलट्रिप नेपालले होटलहरुमा अनलाईन बुकिङ प्रवर्द्धन गर्न २ ओटा कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले पछिल्लो समय चीनमा फैलिएको कोरोना भाईरसका कारण नेपाली पर्यटन क्षेत्रमा परेको असरलाई केही हदसम्म निर्मुल पार्न उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कम्पनीका अनुसार मंगलबार चितवनको जंगल सफारी होटलमा एक कार्यक्रमकाबीच नेपाली होटल क्षेत्रमा अनलाईन बुकिङको महत्व र डिजिटल मार्केटिङले पारेको प्रभावको बारेमा अन्तरक्रिया गरेको थियो । उक्त अन्तरक्रियामा कम्पनीका संस्थापक आदित्य बरालले नेपालमा पर्यटनको ट्रेन्ड र यसको अनलाईन प्लाटफर्मसँगको सम्बन्धको बारेमा जानकारी दिएका छन ।

यस्तै कम्पनीले विभिन्न सामाजिक संजालमार्फत पनि आन्तरिक र बाह्य पर्यटकलाई ध्यानमा राखी सामाजिक संजाल अभियान सुरु गरेको छ । उक्त अभियान अन्तरगत विभिन्न पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न विभिन्न कार्यक्रहरुको अयोजना गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL