Logo

लसएन्जल्स ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा नेपाल, भ्रमण बर्षको प्रचार गर्दै टान

लसएन्जल्स ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा नेपाल, भ्रमण बर्षको प्रचार गर्दै टान



काठमाडौं । नेपाल भ्रमण बर्षलाई लक्षित गर्दै ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) अमेरिका पुगेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्स शहरमा फेब्रुअरि १५ र १६ तारिखमा भएको दुई दिने ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा सहभागि हुन टान अमेरिका पुगेको हो ।

टानको महासचिव सरिता लामाको नेतृत्वमा हिमालयन फ्रेन्ड्स ट्रेकिङका प्रमुख तथा टानका सक्रिय सदस्य रिन्जी जाङ्बु शेर्पा, ट्रेकिङ एक्सपर्टका प्रमुख पासाङ रिन्जी शेर्पा, फ्रेन्ड्स एड्भेन्चर टीमका प्रमुख राजेन्द्र बहादुर लामा र स्नो होराईजन ट्रेक्स, ए वान ग्लोव टुर्स लगायतका प्रतिनिधीहरु सहभागि भएको लसएन्जल्सबाट डोल्मा लामाले जानकारी दिएकी छिन ।

लसएन्जल्स ट्राभल एन्ड एडभेन्चर प्रदर्शनिमा जापान, कोरिया, थाईल्याण्ड, क्यानाडा, ईन्डोनेसिया, तान्जेनिया, अष्ट्रेलिया, केन्यालगायत २५ देशको सहभागिता रहेको थियो । नेपालको तर्फबाट भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै प्रचार प्रसार गर्न पुगेका महासचिव लामाले ३ हजार जना अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका नेपाली स्टलहरुमा आएर नेपालको बारेमा विशेष ध्यान दिएको जानकारी दिएकी छिन ।

यसले भ्रमण बर्ष २०२० बारे युरोपका मुलकहरुमा राम्रो प्रचार प्रसार भएको र यसले नेपालमा आउने पर्यटकको आगमनमा वृद्धि हुने उनको विश्वास रहेको लामाले बताईन ।

प्रतिक्रिया दिनुहोस्
MBL