Logo

नाट्टा गण्डकी अध्यक्षमा सिग्देल, महासचिवमा गिरी

नाट्टा गण्डकी अध्यक्षमा सिग्देल, महासचिवमा गिरी



काठमाडौं । ट्राभल व्यवसायीको छाता संगठन नाट्टा गण्डकी प्रदेशको ११ औं अधिवेशनले सञ्जयकान्त सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा सिग्देलले प्रतिस्पर्धी झवि अधिकारीलाई २० मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

१ सय ८१ जना मतदाता रहेकामा झविले ७० मत प्राप्त गरेका थिए भने सिग्देलले ९० मत प्राप्त गरका थिए । अधिवेशनबाट प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्ष किशोर दाहाल, महासचिवमा कमला गिरी, सचिवमा सङ्गीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी र सहकोषाध्यमा नवराज भण्डारी विजयी भएका छन ।

त्यसैगरी सदस्यमा सुवास पहारी, तराप्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल र खिमबहादुर नेपाली विजयी भएका छन । १५ सदस्यीय कार्यसमितिमा पदाधिकारीसहित ३ महिला निर्वाचित भएका छन् । नाट्टाको इतिहासमा पदाधिकारी महासचिवमा पहिलोपल्ट महिलाले नेतृत्व गर्ने अवसर मिलेको हो । गिरीले प्रतिष्पर्धी कुलचन्द्र शर्मालाई जम्मा १२ भोटले पछि पार्दै महासचिवमा आफ्नो पद सुरक्षित गरेकी हुन ।

निर्वाचित भए पछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष सिग्देलले अब व्यावसायिक संस्थाको गरिमालाई उँचो बनाएर सबैको साझा संस्थाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन । त्यसैगरी महासचिव गिरीले जिम्मेवारी प्रदान गर्ने मतदातालाई धन्यवाद दिँदै कुशलतापूर्वक जिम्मेवारी बहन गर्ने बताएकी छिन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL