Logo

नेपाली विद्यार्थीलाई चीनमा कुनै खतरा छैन, उद्दारका लागि २ ओटा जहाज तयार छ : मन्त्री भट्टराई

नेपाली विद्यार्थीलाई चीनमा कुनै खतरा छैन, उद्दारका लागि २ ओटा जहाज तयार छ : मन्त्री भट्टराई



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई कुनै खतरा नभएको बताएका छन । पछिल्लो समयमा चीनमा कोरोना भाइरसले २ सय ५९ जनाको ज्यान गईसकको छ भने ११ हजार ७ सय ९१ जना प्रभावित भएको छ । तर नेपाली विद्यार्थीहरु यसबाट सुरक्षित रहेका बताउँदै मन्त्री भट्टराईले आवश्यक परे उद्दारको लागि २ ओटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन ।

उनले शनिबार नेपाल पर्यटन बोर्डमा भएको कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा बोल्दै सो कुरा बताएका हुन । साथै उद्दारको लागि नेपाली जहाज तयारी अवस्थामा रहेका समेत जानकारी दिएका छन । उनले भने, ‘चीनमा अध्ययनरत विद्यार्थीहरुलाई उद्दारको लागि २ ओटा जहाज हामीसँग तयारी अवस्थामा छ ।’ पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको बताउँदै मन्त्री भट्टराईले हाल चीनमा अध्ययनरत विद्यार्थीहरु सुरक्षित रहेको जानकारी दिएका छन ।

अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन । उद्दारको लागि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा रहेको मन्त्री भट्टराईले जानकारी दिएका हुन ।

उनले भने, ‘दुवै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु, कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ ।’ तर बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएको चिनियाँ अधिकारीहरुले आफूहरूलाई विश्वस्त बनाएको उनले बताए । नेपाल आउने पर्यटक र आउन चाहने पर्यटकहरुलाई नेपाल सुरक्षीत र ठिक छ भन्ने सन्देश प्रवाह गर्न समेत मन्त्री भट्टराईले आग्रह गरेका छन ।

उनले विभिन्न पर्यटकीय स्थलहरूमा अझै प्रचार सामग्री अपुग भएको भन्दै ठमेल, लुम्बिनी लगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँ भाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL