Logo

लगानी कोष र सञ्चयकोषलाई निगमले बुझायो किस्ता, पुसको मात्रै १ अर्ब १ करोड रुपैयाँ

लगानी कोष र सञ्चयकोषलाई निगमले बुझायो किस्ता, पुसको मात्रै १ अर्ब १ करोड रुपैयाँ



काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको पुस महिनाको किस्ता रकम बुझाएको छ । निगमले वाइडबडी जहाज र न्यारोबडी जहाज खरिद गर्न लिएको ऋणको किस्ताबापतको १ अर्ब १ करोड ४१ लाख ६४ हजार ३ सय ९३ रुपैयाँ रकम बुझाएको हो ।

निगमले वाईडबडी जहाजको ६६ करोड ५५ लाख ९९ हजार ७ सय ७० र न्यारोवडी जहाजको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ गरी १ अर्व १ करोड ४१ लाख ६४ हजार तीन सय ९३ रुपैयाँ भुक्तानी गरेको हो । निगमलाई सञ्चय कोष र लगानी कोषले नियमित किस्ता तिर्न नसकेको भन्दै नयाँ विजनेश प्लान मागेको थियो । वाइडबडी जहाज खरिद गरेको लामो समयसम्म पनि नयाँ गन्तव्यमा उडान गर्न नपाएपछि किस्ता तिर्न सकेको थिएन ।

पछिल्लो समयमा निगमले जापानको ओसाकामा नियमित उडान तथा भारतको दिल्लीमा दैनिक ३ उडान गरे पछि किस्ता तिर्न सहज भएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL