Logo

हिमालय एयरलाईन्सले थप्यो चीनमा नयाँ गन्तब्य, चोङकिङमा हप्तामा ३ उडान गर्ने

हिमालय एयरलाईन्सले थप्यो चीनमा नयाँ गन्तब्य, चोङकिङमा हप्तामा ३ उडान गर्ने



काठमाडौं । हिमालय एयरलाइन्सले चीनको चोङकिङमा बिहीबारदेखि सिधा उडान सुरु गरेको छ । कम्पनीले आफ्नो सेडुअल अनुसारनै चीनको चोङकिङमा सिधा उडान गरेको जानकारी दिएको हो ।

laxmi

यस अघि चीनको बिभिन्न गन्तब्यमा उडान गर्दै आएको एयरलाईन्सले आफ्नो पाँचौं गन्तब्यको रुपमा चोङकिङमा उडान सेवा सुरु गरेको हो । कम्पनीले भ्रमण बर्षलाई लक्षित गर्दै उडान सुरु गरेकाले भ्रमण बर्ष २०२० मा चिनियाँ पर्यटकको आगमनमा वृद्धि हुने संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चोङकिङ उडानले त्यस क्षेत्रका पर्यटकहरुलाई यहाँ आउन थप सहज हुने बताइन् । चीन सरकारले नेपालको हरेक क्षेत्रमा सहयोग गरिरहेको बताउदै भ्रमण वर्ष २०२० मा धेरै भन्दै धेरै पर्यटक नेपाल ल्याउन हिमालयको उडानले थप सहयोग पुग्ने उनले जानकारी दिएकी हुन ।

हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाङ, दुबई र चाडंसामा उडान सेवा गर्दै आईरहेको छ । साथै कम्पनीले सेन्जेन, याङगुन, साङघाई र अलिमा समेत निकट भविश्यमा उडान गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ ।

कम्पनीको १० औं गन्तब्य रहेको चोङकिङमा हप्तामा ३ उडान हुने उपाध्यक्ष बिजय श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार अब २०२० भित्रै ल्हासामा समेत उडान गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL