Logo

अन्नपूर्ण क्षेत्रमा हराउनेको संख्या ६ जना, मौसम सुधार हुने बित्तिकै हेलिकोप्टर पठाउने तयारी

अन्नपूर्ण क्षेत्रमा हराउनेको संख्या ६ जना, मौसम सुधार हुने बित्तिकै हेलिकोप्टर पठाउने तयारी



काठमाडौं । अन्नपूर्ण बेस क्याम्प हिँडेका २ जना नेपाली र ४ जना कोरीयाली नागरिक बेपत्ता भए पछि खोजीकार्यलाई तिब्र बनाएको छ । शुक्रबार अन्नपुर्ण क्षेत्रमा हिमपहिरोमा २ नेपाली सहित ४ जना कोरीयाली नागरिक बेपत्ता भए पछि खोजीकार्यलाई तिब्र बनाएको पर्यटन प्रहरी निरीक्षक अस्मिता कपालीले जानकारी दिएकी छिन ।

उनका अनुसार सो क्षेत्रमा मौसम खराबीका कारण हराएका ४ कोरियाली नागरिक र २ जना नेपाली अझै सम्पर्कमा आउन सकेका छैनन् । १६ जना नेपाली र ११ जना कोरीयाली समुह रहेकामा २ जना कोरीयाली नागरिक विरामी भएर फर्के पछि ९ जना कोरीयाली नागरिकमात्रै उक्त क्षेत्रमा गएका थिए ।

कपालीका अनुसार सम्पर्कमा नआएकाहरुको उद्दारको लागि हेलिकप्टर तयारी अवस्थामा रहे पनि मौसम खराबीका कारण जान नसकेको हो । हराउनेहरुको नाम भने यकिन नभएकाले ति नामहरु मगाईरहेको कपालीले जानकारी दिएकी छिन । एक पोटर र एक शेर्पा सहित ४ जना कोरीयाली नागरिक शुक्रबार आएको हिमपहिरोमा परि बेपत्ता भएका थिए । उनका अनुसार सो क्षेत्रमा टान र पर्यटन प्रहरीले खोजीकार्य गरिरहेको र मौसममा सुधार आउनसाथ हेलिकोप्टर पठाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL