Logo

भ्रमण बर्ष लक्षित ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ हुँदै, आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भ्रमण बर्ष लक्षित ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ हुँदै, आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग



काठमाडौं । रेष्टुरेनट एण्ड बार एशोसिएसन नेपाल (रेबान) ले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा रेबानले पर्यटकिय स्थल बन्दीपुरमा यही माघ १७ र १८ गते उक्त महोत्सव गर्न लागेको जानकारी दिएको हो । रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले समेत रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रमहरु आयोजना गरिरहेको रेबानले जानकारी दिएको छ ।

पर्यटकिय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु र बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेबानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिएका छन ।

कार्यक्रमको मुख्य प्रायोजक गोर्खा बु्रअरी, प्रायोजकहरुमा जावलाखेल ग्रुप अफ कम्पनी र नेपाल डिस्टिलरी रहेको राजभण्डारीले बताए । उनका अनुसार खाना तथा बस्नको लागि महोत्सवमा छुटको व्यवस्था समेत हुने छ । साथै उक्त महोत्सवमा बिशेष गरि होटलसंचालकहरुको सहभागिता हुने छन भने बिभिन्न सांस्कृतिक कार्यक्रमका साथै इन्दिरा जोशीको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL