Logo

२०२० भित्रै पोखरामा पर्यटक बसपार्क संचालनमा, बालाजुलगायत अन्य स्थानमा पनि बन्दै

२०२० भित्रै पोखरामा पर्यटक बसपार्क संचालनमा, बालाजुलगायत अन्य स्थानमा पनि बन्दै



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पोखरामा सन् २०२० भित्रै पर्यटक बसपार्क संचालनमा ल्याउने बताएका छन् । सरकारले भ्रमण बर्ष २०२० घोषणा गरेपनि पर्यटक बसपार्क नभएर पर्यटकहरु अलपत्र परेको गुनासो बढिरहेको बेला उनले सो कुरा बताएका हुन् ।

‘हामीले आवश्यकता अनुरुप पर्यटक बसपार्क निर्माण कार्य अघि बढाएका छौं,’ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सको ५३ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘बालाजुमा निर्माणको तयारी थालिएको छ भने अन्य स्थानमा पनि आवश्यकता अनुरुप बनाउनेछौं ।’

जहाँ पर्यटकको आगमन धेरै हुन्छ त्यहाँ पर्यटक बसपार्क निर्माण हुने बताउँदै भ्रमण बर्ष २०२० लाई लक्षित पर्यटक बसपार्कहरु निर्माण भईरहेको समेत मन्त्री भट्टराईले जानकारी दिएका छन ।

कार्यक्रममा उनले भ्रमण बर्ष २०२०/२०३० सफल बनाउन सबैलाई आग्रह गर्दै उनले २०२० देखि २०३० को दशकमा बिभिन्न अन्तरराष्ट्रिय ठूला कार्यक्रमहरु नेपालमै गर्ने बताएका छन । साथै २०२० को अप्रिलमा सगरमाथा डाईलग कार्यक्रम गर्ने योजना रहेको समेत उनको भनाई थियो ।

यस्तै बुद्धिष्ट पर्यटकहरुका लागि मे महिनामा बुद्धिष्ट कन्फ्रेन्स गर्न लागिएको समेत उनले जानकारी दिए । साथै उनले नेपाल आउने पर्यटकको सुरक्षामा कुनै कमजोरी नआएको र आगामी दिनमा सुरक्षा व्यवस्थालाई थप मजवुद बनाउँदै लगिने बताए । ‘तपाईहरु हल्लाको पछि नलाग्नुस,’ कार्यक्रममा उपस्थित व्यवसायीहरुलाई उनले भने, ‘किनकि नेपाल आउने पर्यटकको सुरक्षामा कुनै कमि भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL