Logo

नारायणी ग्रुपको दोस्रो होटल ‘होटल द नारायणी प्रालि’ चितवनको गैंडाकोटमा

नारायणी ग्रुपको दोस्रो होटल ‘होटल द नारायणी प्रालि’ चितवनको गैंडाकोटमा



काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै चितवनको गैँडाकोटमा नारायाणी ग्रुपले दोस्रो होटल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटल ब्यवसायी गरिरहेको ६ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो ।

यसअघि यसै समूहले नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएको थियो । ग्रुपका अध्यक्ष प्रभाकर पण्डितका अनुसार हाल सञ्चालनमा ल्याइएको होटलमा ध्वनि प्रदूषणरहित ६ वटा बैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकारसहितको रेष्टुराँ एण्ड बार, सुविधा सम्पन्न ८ वटा सुपर डिलक्स कोठा रहेका छन् । उक्त ग्रुपले जग्गा भाडामा लिएर ७ करोड रुपैयाँ लगानी गरी होटल द नारायणी प्रालि सञ्चालनमा ल्याएको हो ।

काठमाडौं, सौराहा र पोखरादेखि लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको पण्डितले बताए । सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वतधाम, नारायणी नदीको रमणीय क्षेत्रजस्ता पर्यटकीय गन्तव्यकोबीचमा रहेको भन्दै पर्यटन वर्षलाई होटलले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि समेत सहजै पहुँच पुग्ने होटलका सञ्चालक वसन्त पराजुलीले बताए । उनको समूहको पहिलो होटल द नारायणी रिसोर्टमा यस क्षेत्रको सबैभन्दा ठूलो सभाहल र पार्किङको व्यवस्था भएकाले राष्ट्रिय ठूला कार्यक्रम धेरै हुने गरेको बताए । सो होटलमा एक हजारभन्दा बढी क्षमताको सभाहल, साना सभाहल र २३ वटा कोठा रहेका छन् । नारायणी नदी किनारमा भएकाले धेरैको रोजाइमा यो होटल पर्ने गरेको छ । विसं २०७४ मङ्सिर १ गतेबाट समूहले सो होटल सञ्चालनमा ल्याएको थियो ।

भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । चितवमा ४ लाख र नवलपरासीमा १ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले यस क्षेत्रमा पर्यटक लक्षित होटल सञ्चालनमा ल्याएर समूहले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको बताए ।

गैँडाकोट नगरक्षेत्रमा देवघाटधामसँगै मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, लक्ष्मी नृसिंह दिव्यधाम, मणि मुकुन्दसेन दरबारजस्ता धार्मिक पर्यटकीयस्थल र नारायणी नदी रहेको भन्दै उनले यस्ता होटलले पर्यटकको बसाई लम्ब्याउने बताए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL