Logo

पर्यटन बोर्डले माघको पहिलो हप्ता नयाँ सिइओ पाउने, ९ जना अन्तिम प्रतिस्पर्धामा

पर्यटन बोर्डले माघको पहिलो हप्ता नयाँ सिइओ पाउने, ९ जना अन्तिम प्रतिस्पर्धामा



काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सिइओ) माघको पहिलो हप्ता भित्रै पाउने भएको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको ४ बर्षे कार्यकाल पुस ७ गतेदेखि सकिए पछि बोर्डको सिइओका लागि छनौट सिफारिस समितिले आवेदन माग गरेको थियो ।

बोर्डमा सिइओ बन्ने आकांक्षासहित आवेदन दिएका १७ जनामध्ये ९ जना सर्टलिस्टमा परेका छन । सर्टष्टिमा रहेका सिइओका दाबेदारहरुमा काशीराज भण्डारी, दीपकराज जोशी, धनन्जय रेग्मी, नविन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषबिक्रम थापा र क्मित सिंह ऐर रहेका छन् ।

सिफारिस समितिले जसमध्येबाट यही माघ २ र ३ गतेको आ–आफ्नो प्रस्तुति तथा अन्तरवार्ताका लागि सर्टलिष्टमा परेकाहरुलाई बोलाएको छ । समितिले सर्टलिष्टमा परेका ९ जनामध्ये अन्तरवार्ता र प्रसतुतिपछि ३ जनालाई सिफारिस गर्ने छनौट समितिका सदस्य घनश्याम उपाध्यायले जानकारी दिए । उक्त समितिमा विप्लब पौडेको संयोजक, घनश्याम उपाध्याय र कृष्णबहादुर महरा सदस्य रहेका छन ।

समितिले सिफारिस गरेका ३ जनामध्येबाट बोर्ड संचालक समितिले निर्णय गरेर प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL