Logo

गौतमबुद्ध विमानस्थलको समय फेरि ३ महिना थप गर्ने तयारी, संचालनको तयारी भने जोडतोडले चल्दैं

गौतमबुद्ध विमानस्थलको समय फेरि ३ महिना थप गर्ने तयारी, संचालनको तयारी भने जोडतोडले चल्दैं



काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको समय फेरि ३ महिना थप गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्ड संचालक समितिले ३ महिनाको लागि समय थप गर्न लागेको हो । प्राधिकरणका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार कन्ट्रयाकटरले फाइनानसियल म्यानेजमेन्ट प्रोजेक्टमा आवश्यक रकम ब्यवस्थापन गर्न नसक्दा समय थप गर्न लागिएको हो ।

कन्ट्रयाकटरले बिमानस्थलका लागि आवश्यक उपकरणहरुका लागि आवश्यक रकम ब्यवस्थापन गर्न नसक्दा ल्याउनु पर्ने उपरकण समयमै नआएकले समय थप गर्नुपर्ने अवस्था आएको अधिकारीले जानकारी दिए । प्राधिकरणले अहिले ३१ मार्च सम्मका लागि समयावधि थप गर्ने तयारी गरेको छ । यसअघि थप गरेको समयसीमा भने ३१ डिसेम्बर २०१९ देखि समाप्त भएको थियो ।

आयोजना प्रमुख अधिकारीका अनुसार उपकरण ल्याउन र जडान गर्न थप केही समय लाग्ने छ । जस्ले गर्दा ३ महिनाको समय थप गर्न लागिएको हो । हाल सो आयोजनाको भौतिक प्रगति भने ८६ प्रतिशत सम्पन्न भईसकेको छ ।

सरकारले २०१९ भित्रै बिमानस्थल संचालनमा ल्याउने योजना बनाए पनि बिभिन्न कारणले गर्दा समयमै संचालनमा ल्याउन नसकिएको आयोजनाको भनाई छ ।

संचालन योग्य संरचना तयार गर्न मार्च अन्तिमसम्म लाग्ने आयोजनाको अनुमान रहेको छ । बिमानस्थल कहिले संचालन गर्ने भन्ने विषय भने प्राधिकरण र मन्त्रालयमा निहित हुने आयोजना प्रमुख अधिकारीले बताए ।

भैरहवामा निर्माणाधीन उक्त विमानस्थल सञ्चालनको जिम्मा म्यूनिख बिमानस्थल संचालन गरिरहेको जर्मन कम्पनीलाई दिने तयारी भइरहेको छ । तर, संचालन जिम्मा अझै कसलाई दिने भनेर कुनै टुङ्गो नलागेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार उक्त विमानस्थलको ब्यवस्थापनलगायतका विषयमा जर्मन कम्पनीले प्रस्ताव ल्याएको मात्रै हो । अहिले कसलाई दिने वा नदिने भन्ने विषय छलफलमा नै रहेको छ ।

त्यस्तै विमानस्थल संचालन कुन मोडलमा गर्ने भनेरसमेत छिट्टै टुङ्गो लगाउने तयारी भईरहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विमानस्थल, कार्गो, सुरक्षालगायतका विषय कसले संचालन गर्ने भनेर अहिले छलफल भइरहेको र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलियाबाट फर्केलगतै टुङ्गोमा पुग्ने पनि प्राधिकरणले जानकारी दिएको छ ।

तर, मन्त्री भट्टराईले भने लुम्बिनी बिमानस्थल जीटुजी मोडलमा सञ्चालन गर्ने बताउँदै आएका छन । उक्त विमानस्थल सञ्चालन गर्न जर्मन कम्पनीले ठोस प्रस्ताव राखेको र अब निर्णय गरेर दिन मात्रै बाँकी रहेको मन्त्री भट्टराईले बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL