Logo

सिड्नीमा नेपाल भ्रमण वर्षको अन्तरराष्ट्रिय उद्घाटन र्यालीमा अस्ट्रेलिया प्रहरीको रोक, प्रहरीले नरोकेको मन्त्री भट्टराईको जिकिर

सिड्नीमा नेपाल भ्रमण वर्षको अन्तरराष्ट्रिय उद्घाटन र्यालीमा अस्ट्रेलिया प्रहरीको रोक, प्रहरीले नरोकेको मन्त्री भट्टराईको जिकिर



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ मंगलबार अष्ट्रेलियाको सिड्नीबाट गरिएको छ । विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत मंगलबार भव्य शुभारम्भ गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न अष्ट्रेलियाको सिड्नी पुगेका थिए ।

मन्त्री भट्टराईले भव्य समारोहका बीच सिड्नीमा भ्रमण वर्षको शुभारम्भ गर्ने भनिए पनि सिड्नीमा नेपाल भ्रमण वर्षको प्रचारमा निस्किएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सुरक्षाकर्मीको अवरोध खेप्नु परेको छ । बिना अनुमति र्‍याली निकालेर भ्रमण वर्षको प्रचार गरेको भन्दै स्थानीय सुरक्षाकर्मीले पर्यटनमन्त्री भट्टराईसहितको टोलीलाई रोकेको हो ।

कार्यक्रममा सहभागीहरुका अनुसार एनएसडब्लु प्रहरीले अनुमति विना र्‍याली निकालिएको भन्दै सहभागीलाई अघि नबढ्न चेतावनी दिएको थियो । सहभागीहरुको समूहले फुटपाथमा हिँड्ने पैदल यात्रीलाई बाधा पार्ने देखिएपछि प्रहरीले रोकेको बुझिएको छ ।

कार्यक्रममा पर्यटनमन्त्री भट्टराईका अतिरिक्त अस्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल, गैर आवासीय नेपाली संघका पदाधिकारीलगायत सहभागी थिए । अन्तर्राष्ट्रियस्तरमा नै भ्रमण वर्ष २०२० प्रचार गर्ने भन्दै पर्यटनमन्त्री भट्टराई केही दिन अगाडि अस्ट्रेलिया पुगेका थिए ।

यता सिड्नमिा र्याली रोकिएको कुरा नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएपछि मन्त्री योगेश भट्टराईले भ्रमण वर्षको प्रचारका लागि अस्ट्रेलियाको सिड्नीमा आयोजित र्यालीमा त्यहाँको प्रशानद्वारा कुनै हस्तक्षेप नभएको स्पष्टीकरण दिएका छन् ।

अस्ट्रेलियास्थित नेपाली दूतावासाको अयोजना तथा गैरआवासीय संघ (एनआरएन) लगायत संस्थाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि मौन जुलुस निकालिएकोमा नेपाली सञ्चारमाध्यमले त्यसप्रति नकरात्मक समाचार सम्प्रेषण गरेको पनि मन्त्री भट्टराईले आरोप लगाएका छन् ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय रुपमा नेपाल भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ भएको पनि बताएका छन् ।

मन्त्री भट्टराईका अनुसार नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका सभामुखसहित अस्ट्रेलियाका सत्तापक्ष र प्रतिपक्षी दलका नेताको सहभागिता रहेको थियो र कार्यक्रमाा भव्य रुपमा सम्पन्न भएको छ । ।

प्रतिक्रिया दिनुहोस्
MBL