Logo

यी हुन् समयमै उडान र अवतरण गर्ने विश्वका एयरलाईन्स र विमानस्थल, दक्षिण एसिया भने सूचीमा अटाएन

यी हुन् समयमै उडान र अवतरण गर्ने विश्वका एयरलाईन्स र विमानस्थल, दक्षिण एसिया भने सूचीमा अटाएन



काठमाडौं । विश्वभरि नै उडान तालिकाका आधारमा विमान उडान अवतरण नहुँदा यात्रीहरुले सास्ती खेपिरहेको अवगतै छ । तर विश्व केही विमानस्थल र एयरलाईन्स कम्पनीहरुले उक्त रेकर्ड तोड्ने गरेका छन ।

laxmi

गत बिहीबार यात्रासम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने निकाय सिरीकमले बार्षिक प्रतिवेदन सार्वजनिक गर्याे । उक्त प्रतिवेदनमा रुसी ध्वजावाहक एरोफ्लट विश्वकै समयमै उडान अवतरण गर्ने एयरलाईन्स पहिलो नम्बरमा परेको छ । मस्कोको सेरेमेटेभो विमानस्थलबाट उक्त एयरलाईन्सले आफ्नो काम दैनिकजसो समयमै गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क विश्लेषक संस्था ओएजीले ईन्डोनेशियाको ध्यजावाहक गरुडा विश्वकै समयमै उडान अवतरण गर्ने एयरलाईन्स रहेको उल्लेख गरेको छ । उक्त प्रतिवेदनमा रुसको एरोलफ्ट भने युरोपको समयमै उडान अवतरण गर्ने एरलाईन्समा परेको छ भने सेरेमेटेभो अन्तरराष्ट्रिय विमानस्थल विश्कै समयमै उडान अवतरण गर्ने ठुलो विमानस्थलमा परेको छ ।

तथ्याङ्क विश्लेषण गर्ने यी दुवै निकायले एउटै तथ्याङ्क स्रोतका आधारमा विश्लेषण गरेका छन् । फरक यत्ति हो की सिरीकमले दैनिक १ लाख ओटा उडानका दरले विश्लेषण गरेको छ भने ओएजीले २०१९ भरि ५ करोड ७५ लाख ओटा उडानलाई आधारित बनाएर विश्लेषण गरेको छ । ‘जति ठुलो एयरपोर्ट त्यति धेरै व्यस्त, जति लामो दूरी त्यति धेरै चुनौती’ लगायतका विषयमा टेकेर उक्त दुई निकायले तथ्याङ्क विश्लेषण गरेो पाईएको छ ।

उडान प्रभावित हुनुमा त्यतिमात्रै कारण नभएर विमानस्थल भित्रको व्यवस्थापन, मौसम, एयर ट्राफिकसमेतलाई ध्यान दिईन्छ । विश्वकै समयमै काम सम्पन्न गर्ने ठुलो विमानस्थल सेरेमेटेभोमा दैनिक ३ सय उडान हुने गर्दछन ।

सिरिकमका अनुसार रुसको एरोफ्लटले आफ्नो उडानमध्येको ८६ दशमलव ८६ प्रतिशत उडान समयमै गर्ने गर्दछ । यस्तै समयमै उडान गर्ने अर्काे एयरलाईन भने अल निप्पोन एयरवेज परेको छ । जसले आफ्नो उडानको ८६ दशमलव २६ प्रतिशत उडान समयमै गर्ने गर्दछ ।

यस्तै सिरिकमले विश्व उडान संजालको आधारमा समयमै उडान गर्ने एयरलाईन्सको पहिलो स्थानमा भने अमेरिकाको लटम एयरलाईन्सलाई राखेको छ । यस्तै समयमै उडान गर्ने र कम मूल्यको एयरलाईन्समा भने स्टारफ्लाई एयरलाई राखेको छ ।

सिरिकमले नियमित उडानमा समयमै काम गर्ने विमानस्थलमा भने मस्कोको सेरेमेटेभो विमानस्थल र दोस्रोमा ताईवानको काओसिङ विमानस्थललाई राखेको छ । तर, यता ओएजीले भने समयमै उडान गर्ने विमानस्थलको ५ सूचीमा क्रमशः ईन्डोनेसियाको गरुडा, अमेरिकाको कोपा, स्काईमार्कलगायतका एयरलाईन्सलाई राखेको छ । यस्तै ओएजीले विमानस्थलाई ठूलो मध्यम र सानो गरी विभिन्न ३ भागमा विभाजन गरेर बर्गिकरण गरेको छ । यो सूचीमा नेपाल नपरेको मात्रै हैन कि दक्षिण एसियाका कुनै पनि राष्ट्रअटाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL