Logo

कम भिजिबिलिटीमा जहाज अवतरण गर्न निगमलाई प्राधिकरणको अनुमति

कम भिजिबिलिटीमा जहाज अवतरण गर्न निगमलाई प्राधिकरणको अनुमति



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई कम भिजिबिलिटीमा समेत अवतरण गर्ने अनुमति दिएको छ ।

प्राधिकरणले नेपाल वायुसेवा निगमलाई ए३२० उडान विशिष्टीकरण मापदण्ड क्याटागोरी २ प्रमाणीकरण तथा ‘ए३२० रिडुज्ड नेभिगेसन पर्फरमेन्स अथोराइज्ड रिक्वायर्ड अपरेसन’को अन्तरिम ‘अथोराइजेसन’ सम्बन्धी अधिकार प्रदान गरेको छ । उक्त अनुमतिसँगै निगमका जहाजले कम भिजिबिलिटीमा समेत जहाज अवतरण गर्न सक्नेछन ।

यसले निगमको उडान आधुनिकीकरण योजनालाई सघाउने र निगमको उड्डयन सुरक्षालाई थप सुनिश्चित गर्ने निगमले जानकारी दिएको छ । निगमद्वारा सञ्चालित ए३२० र ३३० को रिडुज्ड भर्टिकल सेपेरसन मिनिमा तथा इलेक्ट्रिक फ्लाइट ब्याग नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भइसकेको निगमका सहप्रवक्त शुलेख मिश्रले जानकारी दिएका छन ।

उनले भने, ‘हालै ए३२० को अपरेसन्स स्पेसिफिकेसनमा स्टाण्डर्ड क्याटोगोरी २ एप्रोभल तथा ए३२० रिडुज्ड नेभिगेसन पर्फमेन्श – एथोराईजेशन रिक्वायर्ड अपरेसन्सको इन्ट्रिम एथोराइजेसन पनि निगमलाई प्राप्त भएको छ ।’

साधारणतया विमानहरु इन्टुमेन्ट ल्याण्डिङ्ग सिस्टम क्याटोगोरीमा अवतरण गर्ने गर्दछन । यसअनुसार जहाज अवतरण गर्नको लागि पाइलटले कम्तीमा २०० फिट माथि ग्राउण्ड लेभलमा ल्याण्ड गर्ने वा ‘गो एराउण्ड’ गर्ने निर्णय लिनुपर्ने हुन्छ र सोही अनुसार गर्न ५५० मिटर भिजिबिलिटिको आवश्यकता पर्दछ । तर क्याट २ अथोराइजेसन प्राप्त गरेपछि निर्णय गर्ने उचाइ १०० फिटमा घट्ने मिश्रले बताए ।

यसैगरी निगमको ए ३३० जहाजको क्याट २ तथा आरएनपी–एआर एप्रोभल पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL