Logo

वी विल राईजको ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता डिसेम्बरदेखि, यसरी पठाउन सकिन्छ भिडियो

वी विल राईजको ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता डिसेम्बरदेखि, यसरी पठाउन सकिन्छ भिडियो



काठमाडौं । वी विल राईज फाउण्डेशनले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको दोस्रो सृंखला प्रतियोगिताको घोषणा गरेको छ । फाउण्डेशनले १ सय दिनको समय दिएर प्रतियोगिहरुलाई डिसेम्बर १ देखी भिडियो पठाउन आग्रह गरेको छ ।

पहिलो सिजनको प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेको फाउण्डेशनले शुक्रबार एक कार्यक्रमको आयोजना गरी दोस्रो सृंखलाको प्रतियोगिताको घोषणा गरेका हुन । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै उक्त प्रतियोगिता संचालन गर्न लागेको फाउण्डेशनका कार्यक्रम संयोजक प्रभात रिमालले जानकारी दिएका हुन ।

प्रतियोगितामा महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, स्थानीय भेषभुषा, जातजातीको पहिचान, खानपान, कला संस्कृतिलगायतका विषयबस्तुमा आधारित हुनु पर्ने छ । भिडियो ५ मिनेटको हुनु पर्ने छ । फाउण्डेशनका अनुसार प्राप्त भिडियोहरुलाई उचित प्रचार प्रसार गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास रहेको छ ।

बिभिन्न १० विधामा दिईने अवार्डका लागि ७० ओटा भिडियो मनोनयन गर्ने छ भने छनौटमा परेका उत्कृष्ट १० ओटा भिडियोहरुलाई आगामी अप्रिलमा पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने भिडियोका लागि ५ लाख रुपैयाँ, दोस्रोलाई ३ लाख, तेस्रोलाई ३ लाख र बाँकी ७ विधामा १/१ लाख रुपैयाँ पुरस्कार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL