Logo

कर्णालीमा नेपाल भ्रमण वर्ष २०२० को उत्साह : यस्तो छ १ लाख पर्यटक भित्र्याउने योजना

कर्णालीमा नेपाल भ्रमण वर्ष २०२० को उत्साह : यस्तो छ १ लाख पर्यटक भित्र्याउने योजना



काठमाडौं । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रको विकास र विकास र प्रवद्र्धन गर्दै १ लाख विदेशी पर्यटक भित्र्याउन लक्ष्य लिएको बताए ।

उनले बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको दु्रत विकास तथा प्रर्वद्धनका क्रियाकलापमार्फत सन् २०२० भित्र उक्त संख्यामा विदेशी पर्यटक भित्र्याउने योजना रहेको जानकारी दिएका छन ।

भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रर्वद्धन समिति तथा विभिन्न उपसमिति गठन गरी कार्ययोजना निर्माणमा जुटिरहेको उनले बताए ।

मन्त्री बुढाको अध्यक्षतामा गठित समितिमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, पर्यटन व्यवसायीलगायतको प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL