Logo

त्रिभुवन विमानस्थलको सवारी कर उठाउन ३० दिने बोल पत्र आह्वान, न्यूनमत मूल्य १ करोड ६१ लाख

त्रिभुवन विमानस्थलको सवारी कर उठाउन ३० दिने बोल पत्र आह्वान, न्यूनमत मूल्य १ करोड ६१ लाख



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सवारी कर उठाउन ३० दिने टेण्डर आह्वान गरेको छ ।

प्राधिकरण अन्तरगतको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अप्रेशन÷एयरलाईन्स भवन अगाडी र आन्तरिक टर्मिनल भवन अगाडी ७३४८ दशमलब ९२ बर्ग मिटरमा सवारी विशन शुल्क उठाउनको लागि ईच्छुक ईजाजत प्राप्त कम्पनीलाई ३० दिन भित्र आवेदन दिन सो टेण्डर आश्वान गरिएको हो ।

निवेदकले सुचना प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समय भित्रै विमानस्थलको राष्ट्रिय बाणिज्य बैंक को शाखाकार्यालयमा ३ हजार रुपैयाँको भौचर भरी सक्कल कागजात पेश गर्नु पर्ने छ ।

ठेक्का अवधि १ बर्षको हुने छ भने उक्त ठेक्का अवधिको न्युनतम अंक १ करोड ६१ लाख ३९ हजार ९ सय १८ रुपैयाँ कायम गरिएको विमानस्थलले जानकारी दिएको छ ।

विमानस्थललाई बक्यौता रकम बुझाउन बाँकी रहेका फर्महरुको हकमा भने बोलपत्र स्वीकृत नहुने जनाएको छ । साथै बोलपत्रको अन्य शर्तहरु भने बोलपत्रअनुसार नै हुने विमानस्थलकार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्
MBL