Logo

कर्मचारी पुनर्बहाली पछि रोकियो विमानस्थलमा कार्यरत मजदूरको हड्ताल, सेवा सुविधाका लागि मंसिर १ देखि पुनः आन्दोलन

कर्मचारी पुनर्बहाली पछि रोकियो विमानस्थलमा कार्यरत मजदूरको हड्ताल, सेवा सुविधाका लागि मंसिर १ देखि पुनः आन्दोलन



काठमाडौं । त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलमा आईतबार भएको कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ ।

आईतबार भएको आन्दोलन पछि नेपाल नागरिक उड्डयन प्राधिकरण र युनिट्राभबीच भएको छलफल पछि आन्दोलन स्थगित भएको युनिट्राभका केन्द्रिय अध्यक्ष सुमन पराजुलीले जानकारी दिएका छन ।

उनका अनुसार प्राधिकरणले निष्काशन गरेको ४ जना कर्मचारीलाई पुर्नबाहली गरे पछि आईतबार भएको दुई पक्षीय बार्ता टुङ्गिएको हो । तर सामाजिक सुरक्षा र संयन्त्रको सेवा सुविधा भने अझै प्राप्त नभए पछि मंसिर १ गतेदेखि पुन आन्दोलन गर्ने भएको छ ।

प्राधिकरण अन्तरगतका विमानस्थलमा कार्यरत करिब ९ सय भन्दा बढी कर्मचारीहरुलाई अझै सरकारले घोषणा गरेअनुरुप कानुन बोमोजिम पाउनु पर्ने सेवा सुविधा नपाए पछि पुन आन्दोलन गर्नु परेको पराजुलीले जानकारी दिएका छन । आईतबार भएको दुई पक्षिय छलफलमा भने यस अघि बिनाकारण कर्मचारीलाई दुख दिने र निकाल्ने काम भएको थियो अब भने त्यस्तो नगर्ने शर्तमा बार्ता टुङ्गिएको हो ।

युनिट्राभका केन्द्रिय अध्यक्षले भने विमानस्थलमा कार्यरत कर्मचारीले विगत २ बर्ष देखि नियुक्ति पत्र समेत नपाएको साथै रोजगार सम्झौता, सामाजिक सुरक्षा अन्तरगत उपदान (संचय) कोष, बीमालगायत बृद्धि भएको तलब समेत नदिए पछि पुन मंसिर १ गते देखि आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिएका छन ।

पराजुलिका अनुसार आजै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई भेटेर आफ्नो समस्या राख्ने बताएका छन । तर यस अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गिय रविन्द्र अधिकारीले विमानस्थलमा एक मिनेट पनि आन्दोलन गर्न नपाउने बताएका थिए ।

हाल विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी भने यति बेला विदेश भ्रमणमा रहेका छन । विमानस्थलमा समस्याको चाङ लाएर महाप्रवन्धक केसी हप्ता दिनको लागि बिदेश भ्रमणमा रहेका छन ।

महाप्रवन्धक विदेश भ्रमणमा हुँदा दैनिक कामकाजमा समेत समस्या भएको विमानस्थल श्रोतले जानकारी दिएको छ । श्रोतले भन्यो, ‘महाप्रवन्धक केसी विदेश भ्रमणमा, निमित्त प्रमुखलाई दुई चार घण्टा पछि मात्रै जानकारी हुने भए पछि देशको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलको हालत के होला ।’ विमानस्थलमा समस्याको चाङ लाएर महाप्रवन्धक केसी हप्ता दिनको लागि बिदेश भ्रमणमा रहेका छन ।

महाप्रवन्धक विदेश भ्रमणमा हुँदा दैनिक कामकाजमा समेत समस्या भएको विमानस्थल श्रोतले जानकारी दिएको छ । श्रोतले भन्यो, ‘महाप्रवन्धक केसी विदेश भ्रमणमा, निमित्त प्रमुखलाई दुई चार घण्टा पछि मात्रै जानकारी हुने भए पछि देशको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलको हालत के होला ।’

प्रतिक्रिया दिनुहोस्
MBL