Logo

सिम्रिकको जहाजले पायो उडान अनुमति, शनिबार देखि नियमित उडान

सिम्रिकको जहाजले पायो उडान अनुमति, शनिबार देखि नियमित उडान



काठमाडौं । सिम्रिक एयरको जहाजले १९ दिन पछि आफनो नियमित उडान सुरु गर्ने भएको छ । कम्पनीले जहाजमा आफुखुसी पार्टपुर्जा प्रयोग गरेको भन्दै सरकारले भदौ ४ गते देखि उडानमा रोक लगाएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक कागजात बुझाएको १८ दिन पछि प्राधिकरणले उडान अनुमति दिएको प्राधिकरण अन्तरगतका सेफ्टि बिभागका प्रमुख राजु श्रेष्ठले जानकारी दिएका छन ।

कम्पनीले बिचक्राफ्ट जहाजमा प्रयोग हुने पाटपुर्जा मनोमानी प्रयोग गरी हवाई सुरक्षामा गम्भीर असर गरेको भन्दै प्राधिकरणले भदौ ४ गते देखि कम्पनीका सबै जहाज उडानमा रोक लगाएको थियो । उडान अनुमति पाएसँगै कम्पनीले भदौ २१ गते शनिबार देखि उडान सुरु गर्ने जानकारी दिएको छ ।

कम्पनीका मार्के्िटङ चिफ तथा प्रवक्ता प्रज्ज्वल थापाले भने मंगलबार पुनः थप कागजात बुझाए पछि सोको अध्ययन गरि उडान अनुमति दिएको जानकारी दिएका छन । कम्पनीले हाल १९ सिट क्षमतायुक्त ‘बिचक्राफ्ट १९००सी’ सिरिजका दुई जहाजमार्फत काठमाडौंबाट पोखरा, भरतपुर र माउन्टेन फ्लाइट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL