Logo

हवाई सुरक्षा सम्बन्धी महानिर्देशकहरुको ५६ औं सम्मेलन आजबाट, नेपालले ३ ओटा कार्यपत्र प्रस्तुत गर्ने

हवाई सुरक्षा सम्बन्धी महानिर्देशकहरुको ५६ औं सम्मेलन आजबाट, नेपालले ३ ओटा कार्यपत्र प्रस्तुत गर्ने



काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । ४६ देशका करिब ३५० जना सहभागि हुने उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

५ दिनसम्म चल्ने उक्त सम्मेलनमा बिभिन्न कार्यपत्र पेस हुने छन । नेपालले मात्रै तीनवटा कार्यपत्र पेस गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिएका छन ।

सम्मेलनमा ४३ देशका ९१ प्रतिनिधि, २६ प्रवद्र्धक संस्था र अन्य सहभागी गरी करिब ३५० जना विदेशीको सहभागीता रहने छ । प्रम ओलीसँगै अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी आईतबार नै नेपाल आईसकेका छन ।

एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आईकाओको वार्षिक सम्मेलनमा प्रस्तुत गरिने छ ।

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको सम्मेलन यसअघि नेपालमा सन १९७८ र १९९८ मा पनि आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL