काठमाडौं । सशांक सर्राफले युरोपकै अग्लो हिमालको सफलतापूर्वक आरोहण गरेका छन । भ्रमणबर्ष २०२० लाई सफल पार्ने उद्देश्य अनुरुप उनले अगष्ट १६ का दिन युरोपकै सबैभन्दा अग्लो चुचुरो ‘मोन ब्ल्यांक’ आरोहण गरी नेपाली झण्डा फहराएका हुन ।
सशांक सर्राफले हालसम्म नेपालका २ ओटा अग्ला हिमाल चढिसकेका छन भने प्रायजसो ट्रेकिङ रुटहरुमा समेत भ्रमण गरिसकेका छन । उनले हालै भएको एभरेष्ट म्याराथनमा समेत नेपालको तर्फबाट भाग लिएका थिए ।
युरोपको मोन ब्ल्यांक शिखर चढ्दै भ्रमण बर्ष २०२० लाई सफल बनाउन तथा नेपालको प्राकृतिक सुन्दरता हेर्न विश्वभरिका पर्यटकलाई नेपालमा भ्रमण गर्न आव्हान समेत गरेका छन । यस्तै उनले आफु एक्लै भएपनि यूरोपमा अग्ला हिमाल चढ्द भ्रमण बर्ष २०२० लाई सफल बनाउन सक्दो प्रचार गर्ने बताएका छन । उनी नेपाल चेम्बर अफ कमर्सका बोर्ड सदस्य सञ्जय सर्राफका छोरा हुन् ।