Logo

७ सुचीमा ३ ओटा काम मात्रै सम्पन्न, ५ महिना भित्रै होला त बुटिक एयरर्पोट घोषणा

७ सुचीमा ३ ओटा काम मात्रै सम्पन्न, ५ महिना भित्रै होला त बुटिक एयरर्पोट घोषणा



काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २०२० को जनवरीदेखि नै बुटिक एयरपोर्ट घोषणा गर्ने बताएको छ । भिजिट नेपालको सुरुवातसँगै सो विमानस्थलाई बुटिक एयरपोर्ट घोषणा गरी संचालनमा ल्याउने तयारी गरेको हो ।

laxmi

सोही अनुसार विमानस्थललाई रङरोगन तथा सिंगारपटार गर्ने कामलाई निरन्तरता दिइएको छ । तर बुटिक एयरपोर्ट बनाउनकै लागि सरकारले ७ ओटा काम दिएकोमा हालसम्म ३ ओटा मात्र सम्पन्न हुने तयारीमा रहेको छ ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार हाल विमानस्थलमा साना मूर्तिहरु राख्ने काम अन्तिम तयारीमा रहेको छ । विमानस्थलमा मूर्तिहरु राख्ने काम अन्तिम तयारीमा रहेको छ भने टर्मिनल भवनको बाहिरी भागमा सिलिकन पेन्ट गर्ने काम पनि अन्तिम चरणमा रहेको छ । त्यस्तै उडकार्यलिङको काम पनि अन्तिम चरणमा पुगेको क्षेत्रीले जानकारी दिएका छन ।

त्यस्तै ३ ओटा अन्य कामको लागि पनि टेण्डर गरी सकेको क्षेत्रीको भनाईरहेको छ । उनका अनुसार टेण्डर भएको कामहरु भने आन्तरिक टर्मिनल इन्टरेड डेकुरेशन, सतह भन्दा बाहेक ६ फिट अग्लो बुद्धको मूर्ति राख्ने र अन्तरराष्ट्रिय टर्मिनल भवन अगाडी क्यनओपी राख्नको लागि टेण्डर भईसकेको छ । अन्तरराष्ट्रिय टर्मिनल भवनको डेकुरेशनको भने टेण्डर हुने प्रक्रियामा रहेको छ ।

हाल जति टेण्डरहरु भएको छ यसको एक महिना भित्र सबै काम सुरु हुने क्षेत्रीको दावी रहेको छ । ‘सरकारले जनवरीमा बुटिक एयरपोर्ट घोषणा गर्ने भनेको छ । हामी सोही अनुसार काममा लागेका छौं,’ उनले भने, ‘एक दुई महिना ढिलो या छिटो होला तर काम भने तीब्र गतिमा अगाडी बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL