Logo

श्री एयरलाईन्सले पायो अन्तरराष्ट्रिय उडान अनुमति, भारत र बंगलादेशमा उडान भर्ने

श्री एयरलाईन्सले पायो अन्तरराष्ट्रिय उडान अनुमति, भारत र बंगलादेशमा उडान भर्ने



काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्न अनुमति पाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका विभिन्न शहर तथा बंगलादेशको ढाकामा उडान गर्न अनुमति दिएको श्रीएयरलाईन्सले जानकारी दिएको छ ।

श्री एयरका प्रवक्ता अनिल मानन्धरका अनुसार मन्त्रालयले मंगलबार निर्णय गरे पनि आफुहरुलाई भने बुधबार साँझमात्रै पत्र आईपुगेको जानकारी दिएका छन । उनका अनुसार मन्त्रालयले दिएको अनुमति अनुसार भारतको बैंगलोर, दिल्ली, कोलाकाता, अहमबाद तथा बंगलादेशको ढाका अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्न पाउने भएका छन ।

मन्त्रालयले उडान सञ्चालनका लागि अनुमति दिएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिनु पर्ने हुन्छ । जस्का लागि छिट्टै प्रकृयामा जाने मानन्धरले जानकारी दिएका छन ।

उनले भने, ‘प्राधिकरण मात्रै नभएर भारतका विभिन्न विमानस्थल तथा बंगलादेशको विमानस्थलबाट समेत अनुमति लिनु पर्ने हुन्छ । हामी छिट्टै प्रकृयाको लागि अघि बढ्ने छौं ।’ उडानका लागि मागअनुसार ७० सिटे सीआरजे ७०० र ५० सिटे सीआरजे २०० लगायत दुवै जहाज प्रयोग गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL