Logo

सगरमाथा राष्ट्रिय निकुञ्जले संकलन गर्यो १६ करोड राजस्व, विदेशी पर्यटकबाटै उठायो पौने १४ करोड

सगरमाथा राष्ट्रिय निकुञ्जले संकलन गर्यो १६ करोड राजस्व, विदेशी पर्यटकबाटै उठायो पौने १४ करोड



काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५/७६ मा १६ करोड १० लाख ६६ हजार ७२ रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व संकलन भएको हो ।

laxmi

निकुञ्जले विदेशी पर्यटकबाट १३ करोड ७३ लाख ४३ हजार ९ सय ६, सार्क राष्ट्रको पर्यटकबाट ३३ लाख २३ हजार २ सय २१ र आन्तरिक पर्यटकबाट ७२ हजार २ सय ३० रुपैयाँ राजस्व संकलन भएको निकुञ्जका सूचना अधिकारी रविन चौधरीले जानकारी दिएका छन ।

त्यस्तै, गाइडबाट ३१ लाख ८१ हजार ८ सय ४९, हेलिकप्टर अवतरण गरेबापत १ करोड १३ लाख ७१ हजार ६ सय ४४, विदेशी टोलीको क्याम्पियनबाट ८ लाख ८२ हजार ७ सय ४१ रुपैयाँ संकलन भएको छ ।

सहासिक पर्यटकीय गतिविधिबाट २ लाख ८५ हजार ८ सय ७४ संकलन भएको छ । यस्तै कार्यालयले ६ लाख ६० हजार बेरुजु असुल गरेको छ भने निकुञ्जको नियमविपरीत कार्य गरेबापत दण्ड जरिवानाबाट १ लाख ७१ हजार ६ सय ९४, काठ निकासी गरेबापत १ लाख ९८ हजार ६ सय ७५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

निकुञ्जले विदेशीबाट प्रतिपर्यटक ३ हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट १ हजार ५० रुपैयाँ शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेबापत ३ हजार अवतरण शुल्क लिने गरिएको सूचना अधिकारी चौधरीको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL