Logo

नागरिक उड्डयन प्राधिकरणमा १४० जनालाई अफर, आवेदन दिने अन्तिम समय भदौ ७ सम्म

नागरिक उड्डयन प्राधिकरणमा १४० जनालाई अफर, आवेदन दिने अन्तिम समय भदौ ७ सम्म



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय ४० जना कर्मचारी माग गरेको छ ।

प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ का लागि विभिन्न १ सय ४० रिक्त पदका लागि खुला दरखास्त आव्हान गरेको हो । प्राधिकरणका अनुसार आर्थिक प्रशासनको प्रवन्धक पद र एयरवर्दिनेश प्रवन्धकमा २/२ जनाको माग गरेको छ ।

त्यस्तै एयर ट्राफिक सर्भिसेसमा ३८ जना अधिकृत र एभियसन फायर सर्भिसेस सहायकमा ३० जनाको माग गरेको छ । प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइटबाटै अनलाइन दरखास्त दिन सकिने जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार दरखास्त दिने अन्तिम मिति भने भदौ ७ गते सम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL