Logo

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई महानिर्देशमा नियुक्त गरेको हो ।

पोखरेलले प्राधिकरणका यस अघिका महानिर्देशक सञ्जिव गौतमको कार्यकाल सकिएसँगै निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी प्राधिकरणका वरिष्ठ उपमहानिर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL