Logo

गौतमबुद्ध विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न, आन्तरिक उडान गर्न सकिने

गौतमबुद्ध विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न, आन्तरिक उडान गर्न सकिने



काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग मंगलबार निर्माण सम्पन्न भएको छ । कुल ३ किलोमिटर लामो धानवमार्ग कालोपत्रे गर्ने काम मंगलबार सम्पन्न भएको हो ।

उक्त विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएसँगै आन्तरिक उडानहरु सोही धावनमार्गबाट गर्न सकिने नागरिक उड्डयन प्राधिकरण अन्तरगत राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन ।

२०१९ को अन्त्य सम्ममा संचालनमा आउने गरी निर्माणलाई तिब्र बनाएको उक्त विमानस्थलको स्वर्गीय पर्यटन मन्त्री रविन्द्र अधिकारीले ६ महिना भित्रै कालोपत्रे गर्ने काम सम्पन्न गर्ने बताएका थिए । सोही अनुरुप काम भएको प्रमुख अधिकारीले बताए ।

अहिले उक्त विमानस्थलको काम करिब ७२ प्रतिशत भौतिक प्रगति भएको र बाँकी काम समेत निर्धारित समयमै सम्पन्न गर्न लागि परेको प्रमुख अधिकारीले जानकारी दिएका छन ।

सोचे जस्तै काम भयो भने असारसम्ममा धावनमार्ग, टर्मिनल, टावर भवनको काम सक्ने र ट्याक्सी वेको काम समेत अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ ।

टर्मिनल भवनको छाना, टावर निर्माणको काम समेत अन्तिम चरणमा पुगेको छ भने विमानस्थलमा चाहिने सञ्चार तथा सेफ्टी इक्युपमेन्टका लागि ठेक्का भइसकेको प्रमुख अधिकारीले बताए । उनका अनुसार उक्त कामका लागि एरो थाइ कम्पनीले जिम्मा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL