Logo

जेट एयरको जहाज ४ दिनको लागि स्थगित, विमानस्थललाई ६ करोड बुझाउन बाँकी

जेट एयरको जहाज ४ दिनको लागि स्थगित, विमानस्थललाई ६ करोड बुझाउन बाँकी



काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले आजबाट नेपाल उडान रद्द गरेको छ ।

आन्तरिक समस्या देखाउँदै कम्पनीले ४ दिनका लागि उडान स्थगित गरेको विमानस्थलले जानकारी दिएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, कम्पनीको उडान स्थागितको औपचारिक जानकारी आफूसमक्ष आइनपुगेको र अनौपचारिक रूपमा मात्र आफूले जानकारी पाएको हुँ ।’

तर कम्पनीले विमानस्थललाई पार्किङ लगायतका गरी करीब ६ करोड रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको विमानस्थल राजस्व विभागका शसि प्रधानले जानकारी दिएका छन । उनका अनुसार मार्च महिनाको पूर्ण बिलिङ नभईसकेको अवस्थामा ५ करोड रुपैयाँको हाराहारी हुने र विलिङ भईसके पछि ६ करोड रुपैयाँ पुग्ने प्रधानले बताए ।

कम्पनीको विमानस्थल कार्यालयसँग करिब डेढ करोड रुपैयाँ धरौटी रकम बाँकी रहेको छ । बक्यौता रकममा आफुले कम्प्रमाईज नगर्ने बताएका क्षेत्रीले जेट एयरवेजलाई पनि नछाड्ने बताएका छन ।

उनका अनुसार कम्पनीले ४ दिनको लागिमात्रै उडान रद्द गरेको हो । आए पछि बाँकी रकम उठाउने छु । र बाँकी रकम उठाउनका लागि आफुले कम्पनीलाई पत्र समेत पठाईसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL