Logo

श्री एयरले फागुन अन्तिम साता क्यू ४०० जहाज ल्याउने, पोखरा र भरतपुरमा उडान भर्ने

श्री एयरले फागुन अन्तिम साता क्यू ४०० जहाज ल्याउने, पोखरा र भरतपुरमा उडान भर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । श्री एयरलाइन्सले फागुन अन्तिम साता बमवार्डियर क्यू ४०० जहाज ल्याउने भएको छ । आन्तरिक उडानको लागि ल्याउन लागेको उक्त जहाज ७८ सिटका हुनेछन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट कम्पनीले अन्तरराष्ट्रिय चार्टर उडान अनुमति पाएसँगै आन्तरिक उडानको लागि उक्त जहाज ल्याउन लागेको हो । कम्पनीले करिब २ बर्षपछि यही सोमबार अन्तरराष्ट्रिय उडान अनुमति पाएको छ ।

कम्पनीले नेपालका विभिन्न ५ स्थानमा उडान भर्दै आईरहेका छन । कम्पनीको नयाँ जहाज क्यु ४०० सिरिज जहाजले भने पोखरा र भरतपुरमा उडान गर्ने कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन ।

पोखरा र भरतपुर उडानसँगै कम्पनीले ७ स्थानमा आन्तरिक उडान भर्नेछ । कम्पनीले ल्याउन लागेको उक्त जहाज बम्बार्डियर कम्पनीले बनाएको टर्बोपर्प इन्जिन रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL