Logo

नेपालको भ्रमण बर्षलाई सफल पार्न बेलायतमा कमिटी गठन, अध्यक्षमा राजदुत सुवेदी नियुक्त

नेपालको भ्रमण बर्षलाई सफल पार्न बेलायतमा कमिटी गठन, अध्यक्षमा राजदुत सुवेदी नियुक्त



काठमाडौं । बेलायतमा भ्रमण बर्ष २०२० लाई प्रचारप्रसार गर्नका लागि एक उच्चस्तरिय कमिटी गठन भएको छ । गत शनिबार बेलायतका लागि नेपालका राजदुत डा दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा नेपाली दुतावासमा उक्त कमिटी गठन भएको हो ।

उक्त कमिटीको मुख्य समितिको सचिवमा भने नेपाल दुताबासका डेपुटी चिफ सरद राज अरनलाई नियुक्त गरिएको छ । बेलायतका विभिन्न संघसंस्थामा कार्यरत नेपालीहरु उक्त कमिटीको सदस्यमा चयन भएका छन ।

उक्त कमिटीमा पनि २० उपसमिति गठन गरिएको छ जसले मुख्य कमिटीलाई सहयोग गर्ने भएको छ । उक्त कमिटीका अध्यक्ष सुवेदीले नेपालको भ्रमण बर्ष २०२० लाई प्रचारप्रसार गर्नका लागि बेलायतमा रहेका विभिन्न नेपाली र सरोकारवालाहरुलाई आह्वान गरेका छन ।

उनले उक्त कार्यक्रममार्फत बेलायतमा रहेका नेपालीहरुलाई आवद्ध गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL