Logo

सिम्रीक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना, मानवीय क्षती हुनबाट रोकियो

सिम्रीक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटना, मानवीय क्षती हुनबाट रोकियो



काठमाडौ । सिम्रीक एयरको हेलिकप्टर शनिबार दिउँसो दुर्घटना भएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलबाट उडेको सिम्रीक एयरको ९ एनएएलआर हेलिकप्टर ग्राण्डी अस्पतालमा अवतरण गर्ने क्रममा दुर्घटना भएको त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन ।

जहाजमा ठूलो क्षती नभए पनि जहाजको पछिल्लो भागमा भने सामान्य क्षती पुगेको र दुर्घटनाबाट कुनै मानविय क्षती नभएको ठाकुरले बताए ।

क्यापटेन एचआर थापाले उडान गरेको सो हेलिकप्टर त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलबाट विरामी लिन जाने क्रममा दुर्घटना भएको हो ।

उक्त हेलिकप्टर त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलबाट दिउँसो २ बजेर ३० मिनेटमा ग्राण्डी अस्पताल उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL