Logo

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ३७ प्रतिशत, अबको ३० दिनमा ४० प्रतिशत पुर्याइने

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ३७ प्रतिशत, अबको ३० दिनमा ४० प्रतिशत पुर्याइने



काठमाडौ । सरकारको मुख्य आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमान स्थलको भौतिक प्रगति ३७ प्रतिशत सम्पन्न भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले सरकार गठन भएको सय दिन भित्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमान स्थलको काम लाई ४० प्रतिशत सम्पन्न गर्ने लक्ष्य राखिएकोमा अहिले ३७ प्रतिशत काम सम्पन्न भएको छ ।

मन्त्रालयमा भएको सय दिने कार्यक्रमको समिक्षामा मन्त्री अधिकारीले विमान स्थलको धावनमार्ग, टर्मिनल भवन, लगायत सिभिल निर्माण कार्यको भौतिक प्रगति सय दिन भित्र ४० प्रतिशत सम्पन्न गर्ने लक्ष्य पुरा हुनेमा विश्वस्त रहेको बताएका छन ।

त्यस्तै मन्त्री अधिकारीले आफ्नो मन्त्रालयको सय दिने कार्यक्रम भित्र निजगढ अन्तरराष्ट्रिय विमान स्थलको वातवरणीय प्रभाव मूल्याङकन (ईआए) प्रतिवेदन स्वीकृत गराउने, विमानस्थलको लागि विस्तृत सम्भाब्यता अध्ययन (डीएफएस) प्रतिवेदन वुझाएको कोरियन कम्पनी एलएमडब्लु सँगको दायित्व व्यवस्थापन गर्ने लक्ष्य लिएको थियो ।

ईआए स्वीकृतिको लागि वातवरणीय मन्त्रालयमा पठाइसकेको छ भने डीएफएस नेपाल सरकारले ग्रहण गर्ने र सम्झौता बमोजिम भुक्तानि गर्ने गरि निर्णय भई एलएमडब्लुलाई जानकारी गराई सकेको हवाई सुरक्षा महाशाखाका सह सचिव बुद्धीसागर लामिछानेले जानकारी दिएका छन । साथै मोडालिटी तयारीको लागि समेत छलफल भइरहेको बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL