Logo

कर्णाली प्रदेशबाट एनजीओ र आईएनजीओ आउट, फेसबुक चलाउन प्रतिबन्ध

कर्णाली प्रदेशबाट एनजीओ र आईएनजीओ आउट, फेसबुक चलाउन प्रतिबन्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । देश संघीयतामा गएसँगै प्रदेशबाट सरकारी तथा गैरसरकारी संस्थाहरु हट्ने भएका छन् । एनजीओ तथा आईएनजीओले जनतालाई स्वरोजगार र आत्मनिर्भरभन्दा पनि परनिर्भरता बढाएको भन्दै प्रदेश सरकारले अब त्यस्ता संघसंस्थालाई निषेध नै गर्न लागेका हुन् ।

एनजीओ तथा आईएनजीओले जनतालाई काम गरेर खानभन्दा पनि मागेर खान सिकाएको भन्दै आफ्नो प्रदेशमा त्यस्ता संघसंस्थालाई निषेध गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘पर्यटकको सम्भावना रहेको ठाउँहरु मध्ये कर्णाली प्रदेश एक हो,’ कर्णाली पर्यटन बर्ष २०७५ को जानकारी दिँदै उनले भने, ‘कर्णाली सोचे जस्तो विकट र गरिबी नभएको हो तर, यो प्रदेश गरिब हुनुमा एनजीओे र आईएनजीओको बढी हात रहेको छ ।’

अबका दिनमा एनजीओे र आईएनजीओलाई प्रदेशबाटै आउट गर्ने उनको दाबी थियो । यस्ता एनजीओे र आईएनजीओले जनतालाई परजीबी बनाएको समेत उनको आरोप थियो । ‘यदी त्यस्ता संस्थाले हाम्रो नीति नियमानुसार चल्ने हो भने जिल्ला भित्र रहेर काम गर्न पाउँछन्,’ उनले भने, ‘स्कुल, खानेपानी, अस्पताललगायतका क्षेत्रमा काम गर्ने हो भने बिभिन्न स्तरका छलफल गरेर खुला गर्न सकिन्छ नत्र भने सिधै आउट गरिने छ ।’

यसैगरी मुख्य मन्त्री शाहीले आफ्नो प्रदेश भित्र फेसबुक चलाउन समेत रोक लगाउने बताएका छन् । ‘सबै एनजीओे र आईएनजीओले गर्दा मानीसहरु अब घरमा काम गर्ने मान्छे राखीदिए हुने भन्ने मानसिक्तामा पुगि सकेका छन,’ उनले भने, ‘हामीले आफनै उत्पादनलाई जोड दिनको लागि पनि फेसबुक बन्द गर्न लागेका हौं ।’ बिहान ८ देखी बेलुका ६ बजेसम्म फेसबुक बन्द गर्ने र सो समय उत्पादन मुलक कार्यमा लगाउने समेत उनको दाबी थियो ।

आफ्नो प्रदेशमा पर्यटन प्रबद्र्धनका लागि प्रदेश सरकारले ‘कर्णाली पर्यटन बर्ष २०७५ सुरु’ गर्न लागेको समेत उनको भनाइ थियो । कर्णाली प्रदेशले प्रदेशको सामाजिक न्याय सहितको आर्थिक समृद्धिको लागि पर्यटन विकास गर्ने मुख्य उद्देश्यले पर्यटन बर्ष २०७५ सुरु गर्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा वलीद्धारा उदघाटन गर्ने उक्त महोत्सवमा ५ लाख पर्यटक भित्रयाउने उद्देश्यका साथ पर्यटन बर्ष सुरु गर्न लागेको आयोजकले जानकारी दिएको छ । प्रदेशलाई पर्यटन हब बनाउने तथा त्यस्का लागि जनशक्ति बृद्धि, पर्यटन प्रर्वद्धन गर्न रैथाने उत्पादनको मेला आयोजना गर्ने, रारा ताल माथी प्याराग्लाइडिङ गर्ने, र्याफ्टिङ खेल तथा सुटिङ लगायतका बिभिन्न मनोरोन्जनका साधनहरु रहने कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले जानकारी दिएका छन ।

मन्त्री शाहीले पत्रकार भेटघाटमा कर्णालीको छुटट्ै विशेषता रहेको भन्दै पर्यटनको विकाश गर्न सकिने बताए । जंगल, ओडार जहाँ सुते पनि पर्यटन हो । पाँच तारे होटल, भौतिक संरचना हुनु मात्र पर्यटक गन्तब्य को रुप मानिने होईन, पर्यटक ऐस आराम गर्ने थलो हो जुन प्राकृतिकसँग रमाउनु नै पर्यटन भएको मन्त्री शाहीको भनाई थियो

प्रतिक्रिया दिनुहोस्
MBL