Logo

दरवारमार्गमा खुल्यो नयाँ रेष्टुरेन्ट ‘द एम्पायर’,स्वास्थ्य र सफाईमा अन्तरराष्ट्रिय मापदण्ड पुरा

दरवारमार्गमा खुल्यो नयाँ रेष्टुरेन्ट ‘द एम्पायर’,स्वास्थ्य र सफाईमा अन्तरराष्ट्रिय मापदण्ड पुरा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको दरवारमार्गमा ‘द एम्पायर’ नामक नयाँ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । युवाहरुको समूहले साढे २ करोड रुपैयाँ लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

दरवारमार्गस्थित पुमा शोरुमको ठीक विपरितमा (पारिपटि) रहेको द एम्पायर रेष्टुरेन्टमा एकै पटक १ सय जनालाई सेवा दिन सकिने सञ्चालक गणेश ढकालले जानकारी दिए । पारिवारिक वातावरण भएको यस रेष्टुरेन्टले युवावर्गलाई समेत आकर्षित गर्ने उनले बताए ।


रेष्टुरेन्टमा बसेर विभिन्न परिकारका स्वद लिदै दरबारमार्गको दृष्य समेत हेर्न सकिन्छ ।

द एम्पायरमा जापनिज सुफि, थाई फूड, कोरियन फूड, इण्डियन तथा कण्टिनेन्टल, हिमालयन कफि टेष्ट, ड्रिङकलगायत आधुनिक परिकारहरु उपलब्ध रहेको छ ।

त्यस्तै रेष्टुराँभित्रको वाटर फाउण्टेन, पेण्टिङलगायत आन्तरिक सजावट द एम्पायरको मुख्य आकर्षक रहेको अर्का सञ्चालक राजन उप्रेतीले जानकारी दिए ।

त्यसैगरी ओपन र हाईजेनिक किचन भएको एम्पायरले स्वास्थ्य र सफाईमा अन्तर्राष्ट्रि मापदण्ड पुरा गरेको छ ।

रेष्टुराँ हरेक दिन बिहान ८ बजेदेखि बेलुकी १२ बजेसम्म खुला रहने छ । शुक्रवार र शनिवार लाईभ म्युजिकको समेत व्यवस्था रेष्टुराँमा छ ।
एम्पायरमा २२ जना कर्मचारी छन् । ‘एम्पायर रेष्टुरेन्ट सवै परिवार, कर्पोरेट, पर्यटन, सेलिब्रेटी तथा युवाललाई लक्षित गरी सञ्चालनमा ल्याएको हो’ उनले भने, ‘यसको मेनु पनि मध्यमवर्गीयलाई लक्षित गरि तयार पारिएको छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL