Logo

एनसेल टावर बम आक्रमण, कर्मचारी सहित ६ जना पक्राउ

एनसेल टावर बम आक्रमण, कर्मचारी सहित ६ जना पक्राउ



काठमाडौं । शुक्रबार राती १ जनाको ज्यान जाने गरि भएको बम विष्फोटमा एनसेलका कर्मचारीकै हात हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । ललितपुर नख्खु स्थित एनसेल मुख्यालयमा शुक्रबार राती भएको बम विष्फोटमा परि लम्जुङका सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो ।

उक्त घटनाको सिसिटिभी फुटेजमा एनसेलका गार्डहरुको शंकास्पद गतिविधि देखिए पछि कर्मचारीकै हात हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरेको प्रहरी श्रोतले जानकारी दिएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले अहिले घटनाको अनुसन्धान सुरु भएको जानकारी दिएको छ । उनका अनुसार ‘सिसिटिभी फुटेजमा एनसेलका कर्मचारीको गतिविधी संकास्पद देखिन्छ,’ उनले भने, ‘केही गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ प्रहरीले एनसेलका कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार उक्त सिसिटिभी फुटेजमा मोटरसाईकलमा तीनजना माक्स लगाएका व्यक्ति कार्यालयमा प्रवेश गर्छन् । उनीहरु निस्किएपछि केही गार्डले बम जस्तो देखिने एउटा वस्तु बाहिर ल्याएर छाड्छन् । त्यसको केही समयपछि नै एनसेल कार्यालयमा बिष्फोट हुन्छ ।

कार्यालयमा माक्स लगाएका व्यक्ति प्रवेश गर्दा गार्डले उनीहरुलाई रोक्न नखोज्नु, संकास्पद बस्तु बाहिर ल्याएर राख्नु, तर प्रहरीलाई खबर नगर्नुले विष्फोटमा एनसेल कर्मचारीकै संलग्नताको आशंका प्रहरीले गरेको हो ।

त्यस्तै शुक्रबार रातीनै देशका विभिन्न भागमा बम विष्फोट भएको छ । एनसेलको मुख्यालय सहित बागलुङको गलकोट, बागलुङकै मुलपानी, तथा निसीखोलामा रहेको एनसेल टावरमा समेत बम आक्रमण भएको छ ।

त्यसै गरि पोखरा, धादिङ, तथा रुपन्देहीको गौरहवा गाउँपालिका ३ मा रहेको एनसेलको टावरमाथि समेत बम आक्रमण भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त बम आतङक बिप्लब समुहले मच्चाएको हुन सक्ने प्रहरीको अनुमान रहे पनि हाल सम्म कस्ले र केका लागि आतङक मच्चाएको हो भन्नेबारे प्रष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL